• २०८१ बैशाख ५ बुधबार

अर्को सिजनदेखि च्याम्पियन्स लिगमा पनि भिडियो असिस्टेन्ट रेफ्री प्रणाली लागु हुने 

kharibot

काठमाडौँ।  सन् २०१९-२० देखि च्याम्पियन्स लिगमा भिडियो असिस्टेन्ट रेफ्री (भार) प्रणाली लागु हुने भएको छ। युरोपियन फुटबल फेडेरेशनले अर्को सिजनको च्याम्पियन्स र सन् २०२० मा हुने युरो कपमा भार प्रणाली लागु हुने निर्णय गरेको छ। 

साथै २०१९ को युइएफ़ए सुपर कपमा पनि भार प्रणाली लागु हुने बताएको छ। 

साथै युइएफएले युरोपा लिगमा बहने सन् २०२०-२१ देखि मात्र भार प्रणाली लागु हुने जनाएको छ। फिफाले हालै रसियामा सम्पन्न विश्वकप फुटबलमा भिडियो असिस्टेन्ट रेफ्री प्रणाली लागु गरेको थियो। 

त्यस्तै युइएफएले युरोपका चर्चित ५ मध्ये ४ लिगमा भार प्रणाली लागु गरेको छ।जर्मनीको लिगमा गत सिजनदेखि नै भार प्रणाली लागु गरिएको थियो। भने प्रिमियर लिग लिग वान र ला लिगामा यस सिजनदेखि भार प्रणाली लागु गरिएको छ। अहिले ट्रायलमा रहेको बताउदै युइएफएले यो ट्रायल अर्को बर्षसम्म रहने जनाएको छ। 

युइएफएले कराबाओ कप र एफए कपमा पनि भार प्रणाली लागु गरेको छ। तर प्रिमियर लिगले भने गोलका लागि गोल भएको नभएको कन्फर्म गर्न सन् २०१३-१४ देखि गोल डिसिजन प्रणाली लागु गरेको थियो।

युइएफएको विहिबार बसेको कार्यकारी बैठकले सन् २०२४ को युरो जर्मनीमा आयोजना गर्ने निर्णय गरेको छ। सन् २०२०को युरो कप भने युरोपका १२ देशका १२ शहरमा हुने छ।  

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै