• २०८१ बैशाख १२ बुधबार

५ मिनेटमा चार्ज हुने ओपोको एफ-नाइन स्टारी पर्पल अक्टोबर पहिलो साता नेपालमा

kharibot

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिकगर्ने घोषणा गरेको छ । पछिल्लो महिनाओपो एफनाइनलाई सनराइज रेड र ट्वाइलाइट ब्ल्यूमा सार्वजनिक गरेको ओपोले अक्टोबर महिनाको पहिलो साताभित्रै आकर्षक स्टारी पर्पल रंगमाफोन सार्वजनिक गर्ने घोषणा गरेको हो ।

सार्वजनिक गर्ने तयारीमा रहेको फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि ओपोमा सदैव प्राथमिकताको विषय हो । ओपो एफनाइन सार्वजनिक समारोहमा एफनाइन स्टारी पर्पलको घोषणा गरेदेखि नै फोन चर्चाको विषयका रुपमा रहँदै आएको थियो । सो समयदेखि नै उपभोक्ताहरु निकै उत्साहपूर्वक फोनको प्रतिक्षामा रहेका छन् ।ओपो एफनाइन स्टारीपर्पल अक्टोबरको पहिलो साता सार्वजनिक हुने घोषणा गर्न पाउँदा हामी निकै खुशी तथा उत्साहित छौँ ।’

५ मिनेटको चार्जमै २ घण्टाको टक टाइम उपलब्ध गराउने भोक फ्ल्याश चार्ज सुविधा सहितको ओपो एफनाइन स्टारी पर्पलमा उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरिएको छ । एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नव प्रर्बतन सम्बन्धित विशेषज्ञता दर्साउने सोचका साथ गरिएको छ । भोक फ्ल्याश चार्ज प्रविधि ओपोद्वारा स्वतन्त्ररुपमा विकसित प्रविधि हो । लो भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै यसले साधारण ५ भी-१ए चार्जरका तुलनामा ४ गूणासम्म तिब्र गतिको चार्जिङ सुविधा उपलब्ध गराउँछ ।

भोक प्रविधिमा एडेप्टरदेखि पोर्ट र फोनको आन्तरिक भाग सम्म ५ तहको सुरक्षा प्रणालीको ब्यवस्था गरिएको छ । यसमा भोल्टेज रिड्युसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसको माध्यमबाट फोनको प्रयोग गरिरहँदा समेत उच्चगतिको फास्ट चार्जिङलाई निरन्तरता दिन सकिन्छ जुन हाई भोल्टेज फास्ट चार्जले हालसम्म सपोर्ट गर्दैन ।

उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८%को उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको ओपो एफनाइन स्टारी पर्पलले उत्कृष्ट सेल्फीफोनका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै