• २०८१ बैशाख ८ शनिबार

प्रदेश ७ को नाम र राजधानीको टुंगो आज लाग्दै, सभा भवन अगाडी प्रदर्शन जारी  

kharibot

धनगढी। राजधानी र नामको विषयमा असन्तुष्टि जनाउँदै विभिन्न जिल्लामा आन्दोलन भईरहेका बेला प्रदेश नम्वर ७ को स्थायी राजधानी र नामको आज टुङगो लाग्दै छ। 

अहिले साढे ११ बजे डाकिएको प्रदेश सभा बैठकले नाम र राजधानीको टुङगो लगाउने छ। राजधानी गोदावरी र नाम सुदूरपश्चिम घोषणा हुने लगभग पक्का रहेको छ । गोदावरीमा राजधानी र सुदूरपश्चिम नाम राख्ने सत्तापक्षको प्रस्तावमा स्पष्ट बहुमत भएकाले सोही प्रस्ताव पास हुने निश्चित भएको हो। सत्तारुढ दल नेकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद रहेकाकाले सत्तापक्षको प्रस्ताव पास हुने अवस्था रहेको छ । 

प्रदेशको राजधानी र नामाकरणका विषयमा कांग्रेसले पनि एउटा प्रस्ताव दर्ता गरेको छ। प्रदेश सभा सदस्य डिल्लीराज पन्त प्रस्तापक र कुमारी नन्दा बम समर्थक रहेर प्रतिपक्ष दल काग्रेसले एउटा संसोधन प्रस्ताव दर्ता गरेको थियो। उनीहरुले राजधानी धनगढी र नाम सुदूरपश्चिम राखेर संसोधन गर्न माग गरेका छन्। आजको बैठकमा उक्त प्रस्तावका विषयमा सभामा छलफल गर्ने वा नगर्ने विषयमा प्रदेश सभा सदस्यहरुबाट राय मागिने छ र बहुमत सदस्यले छलफल गर्न नपर्ने भनेपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा लैजान पनि पाईने छैन्। 

प्रदेश सभाको मुख्य गेट अगाडी धनगढी राजधानी माग्दै प्रदर्शन जारी भएकाले साढे ११ बजेको बैठकका लागि प्रदेश सभा सदस्यहरु पछाडीको बाटो भएर गईरहेका छन्। 

प्रदेशसभा भवन बाहिर बिहानैदेखि आन्दोलनकारीले नाराबाजी सुरु गरेका छन्। 'वन मास्न पाइदैन्', 'मुख्य मन्त्री राजिनामा दे,वन माफिया होसियार' जस्ता नारा लगाउँदै स्थानीय बिहानैदेखि नाराबाजीमा उत्रिएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै