• २०८१ बैशाख १३ बिहीबार

प्रदेश ७ को राजधानी धनगढी हुनुपर्ने माग राख्दै काँग्रेसद्वारा प्रदेश सभा अवरुद्ध 

kharibot

प्रदेश सभा बाहिरको प्रदर्शन।

धनगढी । धनगढीलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली काँग्रेसले प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बिहान ११ बस्ने भनेको बैठक सुरु हुनेवित्तिकै बैठक कांग्रेसले बैठक अवरोध गर्दै नारा जुलुस गरेका थिए । बैठक १ बजेको लागि सारिएको छ । 

प्रदेश सभा बैठकले आज नाम र राजधानीको टुङगो लगाउने भनेपछि काँग्रेसले बैठक  अवरोध गरेको हो । प्रदेश ७ को राजधानी गोदावरीमा र सुदूरपश्चिम नाम राख्ने सत्तापक्षको प्रस्तावमा स्पष्ट बहुमत भएकाले सोही प्रस्ताव पास हुने निश्चित भएको हो। 

प्रदेश ७ मा सत्तारुढ दल नेकपाका ३९, कांग्रेसका १२ र राजपाका २ गरि ५३ सांसद रहेकाकाले सत्तापक्षको प्रस्ताव पास हुने अवस्था रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै