• २०८१ बैशाख १३ बिहीबार

साताभर तीन अर्ब ३० करोडको सेयर खरिद बिक्री

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार छ सय दुई वटा कारोबारबाट तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरका एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २६ दशमलव दुई प्रतिशत बढी हो । 

गत साता एक सय ८९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७ हजार सात सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । 

यो साता कारोबार रकम २३ करोड ३६ लाख १० हजार रुपैयाँको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । दोस्रो स्थानमा परेको एनआईसी एशिया बैंकको १७ करोड ८३ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

यो साता एनएमबी बैंक भने १६ करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको आधारमा ते्रस्रो स्थानमा परेको छ । चौथो स्थानमा परेको  नेपाल बैंकको १६ करोड ३० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यसै्रगरी पाँचौं स्थानमा परेको कुमारी बैेंकको १४ करोड ३५ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।  

कारोबार भएको सेयर संख्या ३० लाख ८५ हजार कित्ताको आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १८ सय २७ वटाको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सातामा सर्वाधिक रकमको कारोबार भएका आधारमा प्रभु बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, नेपाल बैंक र कुमारी बैंक उत्कृष्ट पाँच कम्पनीहरु रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै