• २०८१ बैशाख १३ बिहीबार

जलन (गजल)

kharibot

देखेपछि नै सम्बन्ध बोलचाल, सम्म पुछ ।
बुझ्नुस,पैतालाको धुलो कपाल, सम्म पुग्छ ।

बरु मसानघाट सम्मपुग्ने साथी कमाउनु,
पैसा जाबो त यहीँ अस्पताल, सम्म पुग्छ ।

आमाले त्यतिबेला खुशीको उत्सव मनाउछिन,
जब छोरा हिन्दै-हिन्दै पर पर्खाल, सम्म पुग्छ ।

सम्झनाको बाडुल्की कत्ती पठाउछौ..?
बस एकपल भेटिदेउ, दशसाल, सम्म पुग्छ 

सुनिल जलन

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै