• २०८१ बैशाख १४ शुक्रबार

एनआरटीविरुद्ध त्रिभुवन आर्मी रोमान्चक कमब्याक, आर्मीका सन्तोष तामाङले गरे दुई गोल  

kharibot

काठमाडौँ। चार वर्षपछि शुरु भएको शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेल त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिएको छ।

खेलको अन्तिम मिनेटमा आर्मीका सन्तोष तामाङले आफ्नो दोस्रो गोल गर्दै एनआरटीसँग अंक खोसेका छन्। यस अघि उनले खेलको ३८औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल १-१ को बराबरी गरेका थिए। एनआरटीका लागि खेलको १२औ मिनेटमा रोजित पुडासैनीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ६४औ मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै आर्मीसँग २-१ को अग्रता लिएका थिए।    

घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु भएको हो । 

रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ । 

नेपाली राष्ट्रिय टिमले असोज १४ देखि २६ गतेसम्म बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने हुनाले अब लिगका अन्य खेल भने नेपाली राष्ट्रिय टिम फर्केपछि मात्र हुने एन्फाले जनाएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै