• २०८१ बैशाख ४ मंगलबार

वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामसँग लज्जास्पद हार बेहोरेको छ। शनिबार भएको खेलमा वेस्ट ह्यामले युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आफ्नो घरेलु मैदानमा वेस्टह्यामले जित निकाल्ने क्रममा फेलिप एन्डरसन र मार्को अर्नाउटोभिकले एक एक गोल गरेका थिए भने एक गोल युनाइटेडका भिक्टर लेन्डेलोफले आत्मघाती गोल गरेका थिए। युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले गरेका थिए। 

खेलको पाचौ मिनेटमा नै वेस्टह्यामका ब्राजिलियन खेलाडी एन्डरसनले गोल गर्दै सुरुवाती अग्रता दिलाएको खेलमा खेलको ४३औ मिनेटमा युनाइटेडका लेन्डेलोफले आत्मघाती गोल गरेपछि पहिल हाफमा वेस्टह्यामले २-० को अग्रता लिएको थियो। त्यसपछि खेलको ७१औ मिनेटमा युनाइटेडका राशफोर्डले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि खेलको ७४औ मिनेटमा वेस्टह्यामका लागि अर्नाउटोभिकले गोल गरेपछि वेस्टह्यामले खेल ३-१ ले जितेको थियो। 

वेस्टह्यामले पछिल्लो १९ खेलमा पहिलो पटक युनाइटेडमाथि पहिलो जित हासिल गरेको छ। केहि दिन अघि युनाइटेडका म्यानेजर जोसे मोरिन्हो र पाउल पोग्वाबीच खेल प्रशिक्षणका क्रममा झगडा भएको भिडियो सार्वजनिक भएपछि उसको असर युनाइटेडको आजको खेलमा देखिएको छ। यस हारले युनाइटेडमा मोरिन्होमाथि थप संकट बढ्ने देखिएको छ। 

म्यानचेस्टर युनाइटेड सन् १९९८९-९०को सिजनपछि पहिलो पटक प्रिमियर लिगका सुरुका सात खेलमा कम अंक (१०) हासिल गरेर खराब सुरुवात गरेको छ। सो सिजनको पहिलो ७ खेलमा युनाइटेडले ७ अंक हासिल गरेको थियो।  

यो हार पछि युनाइटेडको प्रिमियर लिगमा ७ खेलमा ३ जित ३ हार र एक बराबरीसहित केबल १० अंक भएको छ भने वेस्टह्यामको ७ खेलमा २ जित एक बराबरी र ४ हारसहित केबल ७ अंक भएको छ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै