• २०८१ बैशाख ११ मंगलबार

घरेलु मैदानमा बार्सिलोना बिल्बाओसँग बराबरीमा रोकियो 

kharibot

काठमाडौँ।  स्पेनिस ला लिगामा बार्सिलोनालाई उसकै घरेलु मैदानमा एथलेटिको बिल्बाओले बराबरीमा रोकेको छ।  गएराती भएको खेलमा बिल्बाओले बार्सिलोनालाई १-१ गोलको बराबरीमा रोकेको हो। 

१-० ले पछि परेको बार्सिलोनालाई खेलको ८४औ मिनेटमा मुनिर एल हदिदले गोल गर्दै हारबाट बचाएका थिए। यस अघि खेलको ४१औ मिनेटमा बिल्बाओका डि मार्कोसले गोल गर्दै खेलमा बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए। 

बार्सिलोना सन् २०१६को डिसेम्बरदेखि पहिलो पटक ला लिगामा लागातर तेस्रो खेलमा जित निकाल्न असफल भएको छ। साथै मुनिरले बार्सिलोनाका लागि सन् २०१६ पछि पहिलो पटक गोल गरेका छन्। 

बार्सिलोनाले अब अर्को खेल च्याम्पियन्स लिगमा टोटनह्यामसँग खेल्ने छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै