• २०८१ बैशाख १२ बुधबार

सिरी ए मा युभेन्टसको लगातार आठौ जित, रोनाल्डोको उत्कृष्ट प्रदर्शन 

kharibot

काठमाडौँ।  इटालियन सिरी ए मा युभेन्टसले लगातार आठौ जित हासिल गरेको छ।  गएराती भएको खेलमा युभेन्टसले नापोलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। 

युभेन्टसको जितमा मारियो मंडूजीकले २ गोल गरे भने लियोनार्दो बोनुसीले एक गोल गरेका थिए।  युभेनता ले गरेका तिनै गोलमा क्रिस्टियानो रोनाल्डोले योगदान गरेका थिए।

रोनाल्डोले २ गोल असिस्ट गरेका थिए भने एक गोल रोनाल्डोले हानेको बल पोलमा लागेर बाउन्स भएको अवस्थामा मंडूजीकले गोल गरेका थिए। खेलको ५८औ मिनेटमा नापोलीका मारियो रुइले दोहोरो पहेलो कार्ड खादै मैदान छोडे पछि नापोली १० खेलाडीमा सिमित भएको थियो। नापोलीका लागि एक गोल ड्रिज मर्टीजले गरेका थिए। 

जितसँगै युभेन्टसको सिरी ए मा ८ खेलमा २४ अंक भएको छ। युभेन्टसले सिरी ए को इतिहासमा सुरुको ८ वटै खेलमा विजयी हासिल गरेको सन् १९३०-३१ पछि पहिलो पटकको हो । त्यति रोनाल्डोले सिरी ए मा यस सिजनमा अहिलेसम्म सबै भन्दा बढी ४ गोलमा असिष्ट गरेका छन्। 

यस खेलबारे आफ्नो प्रतिक्रिया दिदै युभेन्टसक प्रशिक्षक मसिमिलानो अल्गारीले रोनाल्डोले युभेन्टसमा खेलेको अहिलेसम्मको यो उत्कृष्ट खेल्रहेको बताए। उनले यस खेलमा धेरै मौका सिर्जना गरेको बताउदै अल्गारीले रोनाल्डोले आज धेरै राम्रो खेले। 

अब युभेन्टसले अर्को खेल च्याम्पियन्स लिगअन्तर्गत योङ्ग ब्वायेजसँग रोनाल्डो बिना खेल्ने छ भने नापोलीले च्याम्पियन्स लिगमा लिभरपुलको सामना गर्ने छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै