• २०८१ बैशाख ८ शनिबार

मैले पत्रकारिता त्यही भएर छोडेको...

kharibot

दिनेश बुढाथोकी 

सिन्धुली। खै साच्चै पत्रकार बन्न केके कुरामा स्ट्रगल गर्नु पर्थ्यो त्यो त थाहा भएन तर मैले धेरै जसो कुरामा स्ट्रगल गरे त्यो सबै बकवास भएर गए । मैले १६ वर्षको उमेर देखि पत्रकार बन्ने प्रयास गरे शुरुमा रेडियो साहारा १०६.२ मेगाहर्जबाट बाल कार्यक्रम बाट शुरु गरेको पत्रकारिता रेडियो मध्य तराइ ९४.४ मेगाहर्जको  अन्त्यमा प्रेम पत्र बाचन यो मन देखि त्यो मन सम्ममा पुगेर मेरो पत्रकारिता पेसाको अन्त्य भको थियो ।

कसरी भनुम दिन रात रेडियोमा काम गरेर महिना मर्दा पैसा नहुदाको पीडा अनि कसरी भनुम दिउँसो भर ओ हो पत्रकारज्यु आउनुस चिया खाउ भनेर कसैले भन्दा मन भरी चियाको तल्तल लाग्दा नि मैले चिया खान छाडे सर भनेर हिड्दाको पीडा यो सबैको कारण पैसामानै जोडिदो रैछ । गाडिमा पाच मिनेटको बाटोलाई खल्तिमा पैसा नहुदा एक घन्टा लगाइ हिडेर गएर समाचार संकलन गरेर फर्कदा त्यो  समाचारले स्थान नपाउदाको पीडा मैले महसुस गरेको छु ।

देशको चौथो अंग पत्रकार जस्ले कसैको बारेमा राम्रो समाचार लेख्दा आफू बरिस्ठ पत्रकार भनी दिन्छ अनि त्यही ब्यक्तिले गल्ती गर्दा गल्ती गर्‍यो भनेर लेख्दा फुटपाथको पत्रकार यो कहाँ सम्मको न्याय हो त ? किन सत्यलाइ सत्य भयो भनेर लेख्न नपाउने होर ?  मेरो परिवार मेरो तलब आउला र मैले के के गरुम्ला भनेर आश गर्नुनै पर्ने त स्थिती थिएन तर आफू जागिरे भएर घरमा आफ्नो खर्चको लागि पैसा माग्न जादाको पीडा अरुले त कति महसुस गरे त्यो भन्दा कम मैले पनि महसुस गरिन होला । दस हजार दिन्छ रे भनेर आफ्नो जिल्ला छाडेर दस जिल्ला पारी गको तर त्यहा आफ्नो कामको सम्मान नहुदाको पीडा मैले राम्रो सग महसुस गरे ।

आज १०/१५ हजार हालेर आफ्नो अनुकुलको समाचार बनाएर अनलाइन बनाउनेको भिडमा आफू कहाँ हराइदो रैछ पत्तै नहुने । जुन घटना घटेको नै हुदैन अनि त्यही घटना घट्यो भनेर देशमा खैलाबैला बनाउनेको भिडमा सत्य समाचार लेख्नेहरु कहाँ हराउदा रैछन ? मुख्य समस्या त यो हो कि एक छाक मासु भातमा बिक्री भएर गल्तिलाइ सत्य बनाउने ओकिल भन्दा बढी झुट बोल्ने पत्रकारको भिडमा सत्य समाचार लेख्ने कता हराउदा रैछन । एउटा अनलाइमा चार/पाच ओटा समाचार लेखेर हाल्ने हरु पनि रबि लामिछाने भन्दा ठूलो हुनेहरु आज यो देशमा कमि छैनन ।

आज देशका केही पत्रकार साथिहरु कोठामा बसेर दुनियाँको समाचार लेख्छन चट्याङ पर्दा देश डुबान भो भनेर लेख्नु हुन्छ अनि सोझा जनता कुरा पत्याएर राहतको लाई आव्हान  गर्न तत्पर हुन्छन ।  अर्को रमाइलो प्रसंग त यो छ कि कुनै नेताको फेसबुकको बाल हेरेर समाचार तयार हुन्छन खोजमुलक पत्रकारिता खै त ?  अनि कसैको इन्टरभिउ लिनलाइ ५००० रुपैयाँ लिन तयार हुन्छन खै त यहाँ पत्रकारको मर्यादा  ? आज भन्दा १० वर्ष अगाडि पत्रकारहरुको सम्मान र आजको अपमान देखेर म आफै चकित हुन पुगे छु । यी सबै कुराको अन्त्य कहिले हुन्छ त सरकार ? अनि यस्तो नकारात्मक शैलिमा समाचार लेख्ने पत्रुकारलाइ कहिले कानुनको खोजेर जेल चलान गर्छ ? यहा बरिस्ठ नेताहरुलाई झाडापखाला लाग्दा पत्रिकाको हेडलाईन बनाइन्छ तर गरिब जनताको घरमा चुलो नबलेको कसैले देख्दैन ।

हस्पिटलमा सिटामोल किनेर खान नपाएर मरेको पीडा कसैले बुझ्दैन । धनिले बोलेको इन्ची इन्ची छापिने पत्रीकामा गरिबको छोरिले दिनरात आफ्नो अस्मिता गुमाएको समाचार छापिने पेपर हुदैन । भारतबाट यहि सामान आयात भयो भनेर छाप्ने पत्रकारले हुम्ला जुम्लाको स्याउ बिक्री नभएर कुहिएको समाचार भेटाउदैनन । जस्ले खोजेर समाचार ल्यायो त्यो तितो खबर त्यही पत्रकार सग मात्र हुन्छ कुनै पत्रिकामा छाप्ने पहुच पुग्दैन । जुन पत्रकार नेताको र ठुला भनौदा ब्यक्तिको चम्चा बन्न सक्दैन त्यो पत्रकारले एक दिन अन्त्य भएर जानू नै पर्छ । मैले पत्रकरिता नबुझेर गरे अब पत्रकारिता बुझेर छाड्दै छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै