• २०८१ बैशाख १३ बिहीबार

व्यवसायिक कल निगरानीका लागि ‘कल सेवा’

kharibot

काठमाडौं। व्यवसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको  बेला  सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि. ले  व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ । 

कल सेवा विशुद्ध व्यवसायमा फाइदा पुगोस् भन्ने उद्धेश्यले ल्याइएको कम्पनीले जनाएको छ। कल सेवाको प्रयोगले कुनैपनी संस्थाले आफ्नो संस्था संग सम्वधित सम्पूर्ण फोनकलको सही सदुपयोग भइरहेकोछकी छैन भनेर निगरानी गर्न सकिनेछ । 

कल सेवा प्रयोग गर्न कुनैपनी संस्थाले कम्पनिबाट कल सेवाको एकाउन्ट लिएको हुनुपर्नेछ त्यसपछि सबैभन्दा पहिला कर्मचारीको एन्ड्रोइड मोवाइलमा गुगल प्ले स्टोरबाट “कल सेवा” भन्ने एप डाउनलोड गरेरइन्स्टल गर्नुपर्ने हुन्छ र वेवमा आधारित सिस्टम  https://callsewa.com बाट आफ्ना कर्मचारीको प्रोफाइल बनाएर यूजरनेम र पासवर्डबाट कर्मचारीको मोवाइलमा भएको कल सेवा एपबाट लगइन गर्नुपर्नेहुन्छ । यसपछी सम्पुर्ण इन्कमिङ, आउटगोइङ, मिस्ड कलको निगरानी वेवमा आधारित सिस्टमबाट गर्न सकिनेछ । 

‘कल सेवा’ प्रविधिको सहायताले अब कुनैपनि संस्था र कर्मचारीबीचको सम्बन्धमा थप पारदर्शीता ल्याउने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै