• २०८१ बैशाख १३ बिहीबार

सहकारीपीडितद्वारा एनआईसी एसिया बैंकविरुद्ध माइतीघरमा प्रदर्शन

kharibot

काठमाडौं । एनआईसी एसिया बैंकले आफूहरुको सम्पत्ति हडपेको आरोप लगाउँदै ओरेन्टल सहकारीपीडितहरुले माइतीघरमण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

पीडितहरुले एनआईसी एसिया बैंकले ओरेन्टल सहकारी निक्षेपकर्ता हरुको रकम लगानी गरी बनाउन लागिएको धापासी हाइटको जग्गा एकलौटी रुपमा हडपेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन् । आफूहरुलाई जानकारी नै नगराई बैंकले मनोमानी ढंगले जग्गा हडपेको उनीहरुको भनाइ छ । 

सयौँको संख्यामा जम्मा भएर पीडितहरुले न्यायालय हामीलाई न्याय देऊ, बैंकले हडपेको सम्पत्ति फिर्ता पाऊँ, एनआईसी एसिया बैंकले पीडितहरुको सम्पत्ति फिर्ता गर, जस्ता नाराहरु लेखिएको ब्यानर र पेलेकार्डसहित माइतीघरमण्डलामा नाराजुलुस गरेका छन् । 

उक्त विरोधसभालाई सम्बोधन गर्दै भोलि असोज १५ गते सोमबारका दिन, अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको पेसी तोकेपछि पीडितहरुले निष्पक्ष न्याय तथा न्यायपालिकाको ध्यानाकर्षण गर्ने उद्देश्यले उक्त विरोध प्रदर्शन गर्नुपरेको र न्यायालयबाट हामीपीडितहरु न्याय पाउनेमा विश्वस्त रहेको पनि सहकारीपीडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ती पोख्रेलले बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै