• २०८१ बैशाख १३ बिहीबार

लक्ष्मी बैंकद्वारा पशुपतिनाथ परिसरलाई दुईवटा सफा टेम्पो 

kharibot

काठमाडौं । लक्ष्मी बैंकले आज काठमाडौंको पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो  पशुपतिनाथ मन्दिरपरिसरभित्र विशेष गरी वृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि सञ्चालन हुनेछ ।

आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमा बैंकका कार्यवाहकप्र मुमुुख कार्यकारी अधिकृत अजयविक्रम शाहले माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेपश्चात सेवा सुुरु भएको हो । 

बैंकले हाल ४६ जिल्लामा ९६ शाखा, तीन वटा हस्पिटल सेवा काउन्टर, एक सय सात वटा एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्नबैंकले नयाँ तथा वित्तीय पहुँचन पुगेका क्षेत्रहरुमा बजारहरुम ाआक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै