• २०८१ बैशाख १३ बिहीबार

मिष्टर नेपालको उपाधि चितवनका विकल्पले जिते 

kharibot

काठमाडौं । चितवन रामघाट २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि चुमेका हुन् ।

‘बलात्कारीका लागि उपयुक्त सजाय के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् ।
सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद रु ५० हजारका साथमा बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । श्रेष्ठले यसैबर्ष आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दरबारमार्गस्थित होटल अन्नपुर्णमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफदइयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेनइन्टनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए ।
 
महर्जन, केसी, न्यौपाने र चौधरीले नगद २० हजार सहित बिभिन्न पुरस्कार थाप्दा परियार, बराल र श्रेष्ठले नगद १५ हजार सहित बिभिन्न उपहार प्राप्त पारे ।

कलाकार सुनिल थापा, पुर्व डिआइजी बिज्ञानराज शर्मा, गीतकार  डा.कृष्णहरी बराल, बैंकर रबिना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बा लगायत निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्टमोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए । सबैले नगद रु १० हजार सहित अन्य बिभिन्न उपहार समेत हात परे । 

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर गर्दै उज्वल भबिश्य निर्माणमा अग्रसर गराउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले बताइन् ।

अभिनेता कृष्ण मल्ल, रबिन्द्र खड्का, अनिल केडिया (बिजनेश म्यान), डिबी गुरुङ (महाप्रबन्धक राष्ट्रिय आवास कम्पनी) लगायतका अतिथीहरुको उपस्थिती रहेको प्रतियोगितामा बिभिन्न सांगीतिक तामझामका साथ आयोजना गरिएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै