• २०८१ बैशाख १२ बुधबार

नेपाल मेडिसिटीमा “डिजास्टर ड्रिल” सफल रुपमा सम्पन्न

kharibot

काठमाडौँ। प्राकृतिक प्रकोपबाट निम्तन सक्ने दुर्घटनाका लागि पूर्वतयारी अपनाउन र उद्धार एवं उपचारका लागि जुनसुकै बेलापनि तयारी अवस्थामा रहन नेपाल आर्मी तथा अमेरिकन आर्मीले नेपाल मेडिसिटी अस्पतालमा डिजास्टर ड्रिल सम्पन्न गरेको छ ।

विश्व युद्धका बेला एक ठाउँबाट अर्को ठाउँमा सेनालाई पठाउनेक्रममा ड्रिलको अभ्यास हुने गरेको इतिहास छ । यस सिद्धान्तको रूपमा, प्रशिक्षित इकाईबाट प्राप्त हुने ड्रिल बिना सैनिकहरू जनयुद्धको बाटोमा हराउने र असुरक्षित रहने गरेका थिए । त्यसैकारण ड्रिल आवश्यक रहेको बताइन्छ । 

जुनसुकै बेला पनि आइपर्न सक्ने प्रकोप र त्यसको जोखिम न्यूनिकरणका लागि यो महत्वपूर्ण कार्य रहेको र अस्पताल यस सवालमा सधै तयारी अवस्थामा रहनुपर्ने भएकाले यस अभ्यास सम्पन्न गरिएको नेपाल मेडिसिटी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सञ्जय कार्कीले बताए । आकस्मिक अवस्थामा सेना र स्वास्थ्यकर्मीको समन्वय अत्यन्तै आवश्यक रहेकाले यस अभ्यासले सो किसिमका परिस्थितीमा नहड्बडाई काम गर्न आह्वान गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।  

बिहिबार नारायणहिटि क्याम्पमा काल्पनिक अवस्थाको परिकल्पना गरिएको भूकम्पका कारण घाइते भएकाहरुलाई नेपाल मेडिसिटीमा आकस्मिक उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा अस्पतालको मेडिकल टिमले सम्पुर्ण आवश्यक चिकित्सक, नर्स, औषधि, जनशक्ति र प्रविधिको व्यवस्थापन गरिएको थियोे । 

अस्पतालमा उपस्थित अमेरिकन आर्मी तथा नेपाल अर्मीका प्रतिनिधि टोलीले नेपाल मेडिसिटी अस्पतालले ड्रिलका क्रमममा सक्रियताका साथ कार्य सम्पन्न गरेकोमा खुशी व्यक्त गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै