• २०८१ बैशाख ७ शुक्रबार

विमानस्थल चाहिदैन भन्दै दाङमा स्थानीयबासी आन्दोलित

kharibot

लमही।  दाङको नारायणपुर क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने विषयलाई लिएर त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् । 

घोराही उपमहानगरपालिका–१०, ११ र १२ का बासिन्दा आन्दोलित भएका हुन् । आफूहरुसँग सल्लाह नगरी विमानस्थल निर्माण गर्न लागिएको भन्दै स्थानीवासीले सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् । 

सङ्घर्ष समितिको अगुवाइमा आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सङ्घर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्वमा रहेको करीब ५०० बढीको संस्थामा रहेका स्थानीयवासीले घोराहीमा नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएका थिए । 

पूर्वमा गुर्जे खोलादेखि पश्चिममा हापुर खोला एवं उत्तरमा दामोदर रोडदेखि दक्षिणमा घोराही तुलसीपुर मूल सडकको भू–भागमा करीब दुई हजार बढी घर एवं हजारौँ जनसंस्था रहेको, मुस्किलले २०÷२५ बिगाहा जग्गामा गुठीको रहेको, यस क्षेत्रमा एक क्याम्पस, तीन सामुदायिक मावि विद्यालय र निजी विद्यालय रहेको, ऐतिहासिक मन्ठोरिया मन्दिर रहेको करोडौँको लगानीमा निर्माण भएको खानेपानी ट्याङ्की निर्माण भएको, उद्योग सञ्चालन तथा सिँचाइका लागि खोलामा करोडौँको रकम खर्च भइसकेकाले यसलाई विनाश गर्न सम्भव नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै