• २०८१ बैशाख ५ बुधबार

आर्थिक गतिविधिमा प्रदेश नम्बर ५ चौथो स्थानमा 

kharibot

बुटवल। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं ५ चौथो स्थानमा रहेको छ । प्रतिवेदनअनुसार यस प्रदेशको कूल गार्हस्थ उत्पादन १७.५ प्रतिशत छ । 

प्रतिवेदनमा देशको समग्र मानव विकास प्रतिवेदन सन् २०१४ का आधारमा आर्थिक वर्ष २०७४÷०७५ प्रदेशगत कूल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आय गणना गरी प्रतिवेदन तयार गरिएको उल्लेख गरिएको छ । 

केन्द्रीय तथ्याङ्क विभाग र मानव विकास प्रतिवेदनका आधारमा राष्ट्र बैंकको अनुसन्धान विभागले तथ्याङ्क तयार गरी आज बुटवलमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार मुलुकको कूल गार्हस्थ उत्पादनमा प्रदेश ५ चौथो नंमा रहेको देखाइएको छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले सार्वजनिक गरेको सङ्घीय संरचनामा आर्थिक गतिविधि तथ्याङ्क अध्ययन प्रतिवेदनअनुसार वार्षिक प्रतिव्यक्ति आयका हिसाबले पनि प्रदेश ५ चौथो स्थानमा रहेको पाइएको छ । 

यो प्रदेशमा प्रतिव्यक्ति आय अमेरिकी डलर ८६८ रहेको छ । तर सार्वजनिक तथ्याङ्कअनुसार प्रदेशगतरुपमा स्थानीय तहमा वाणिज्य बैंकको पहुँचमा प्रदेश ५ सबैभन्दा अगाडि रहेको छ । यस प्रदेशका १०९ स्थानीय तहमध्ये चार वटा उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिकामध्ये हालसम्म १०६ स्थानीय तहमा वाणिज्य बैंक स्थापना भइ कारोवार शुरु भइसकेको जनाइएको छ । 

वाणिज्य बैंक स्थापना नभएका प्रदेशका स्थानीय तहमध्ये प्रदेश ७ मा सबैभन्दा बढी २३ वटा स्थानीय तहमा छन् भने सात वटै प्रदेशमध्येका ८७ स्थानीय तह रहेको तथ्याङ्कमा देखिएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार विभिन्न क्षेत्रको योगदानमध्ये प्रदेश ५ ले कृषि क्षेत्रको उत्पादनमा १६.९ प्रतिशत, उद्योग क्षेत्रको उत्पादनमा १०.४ प्रतिशत र सेवा क्षेत्रको उत्पादनमा ११.७ प्रतिशत कूल योगदान ओगटेको छ भने प्रदेश ५ मा भने देशको कूल जनसङ्ख्याको १५.५ प्रतिशत हिस्सा ओगटेको छ । 

प्रदेश ५ मा आर्थिकरुपले सक्रिय जनसङ्ख्या ४०.६ प्रतिशत छ भने, प्रदेशमा रहेको खेतीयोग्य जमीनको क्षेत्रफलको तुलनामा खेती गरिएको जमीनको क्षेत्रफल ७४.८ प्रतिशतमध्ये खेती गरिएको जमीनको क्षेत्रफलमा ४०.३ प्रतिशत सिञ्चित क्षेत्रफल रहेको उल्लेख गरिएको छ । 

यस्तै यस प्रदेशमा ८२७ ठूला उद्योगमध्ये ३१ हजार २२१ जना उद्योगमा रोजगारी तथ्याङ्कमा उल्लेख गरिएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पहिलो नम्बरमा रहेको प्रदेश ३ को कूल गार्हस्थ उत्पादन योगदान ३१.९ प्रतिशत देखिएको छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको देखिएको छ । 

यस्तै दोस्रोमा प्रदेश १ को १७.५ प्रतिशत, तेस्रोमा प्रदेश २ को १६.२ प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको छ । वार्षिक प्रतिव्यक्ति आयका हिसाबले पहिलो नम्बरमा रहेको प्रदेश ३ का नागरिकको प्रतिव्यक्ति आय अमेरिकी डलर १ हजार ५३४, दोस्रोमा प्रदेश १ को अमेरिकी डलर एक हजार २४, तेस्रोमा प्रदेश ४ को अमेरिकी डलर १ हजार २१ अमेरिकी डलर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

पाँचौँ स्थानमा प्रदेश २ को अमेरिकी डलर ७९९, छैटौँमा कर्णाली प्रदेशको अमेरिकी डलर ६७७ र सबैभन्दा कम आय सुदूरपश्चिम प्रदेशको अमेरिकी डलर ६६० अमेरिकी डलर रहेको उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै