रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म ‘२.०’ मा ऐश्वर्या राय पनि !

खरीबोट

मुम्बई। रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ को टिजर रिलिज भइसकेको छ । टिजर भिडियोलाई मिलेको सानदार रेस्पोन्सपछि अब केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । २९ नोभेम्बरमा फिल्म रिलिज हुँदैछ । 

भारतीय मिडियाका अनुसार, यो फिल्ममा बलिउड अभिनेत्री ऐश्वर्या राय अतिथी भूमिकामा देखिन सक्ने उल्लेख गरेका छन् । खबरअनुसार, उनको फिल्ममा चिट्टी अर्थात् रजनीकान्तसँग एक इमोसनल सिन हुनेछ । 

उक्त फिल्मको प्रिक्वेल 'रोबोट' मा फिमेल लिड रोल प्ले गरिसकेकी ऐश्वर्याको एक इमोसनल सिन ‘२.०’ मा देखाइनेछ । यो सिनमा ऐश्वर्या, चिट्टीसँग विदा माग्दै देखिन सक्नेछिन् ।

करीब ५ सय करोडको बजेटमा निर्माण भएको फिल्मको मार्केटिङ र प्रमोशनमा मात्र डेढ सय करोड खर्च गरिँदैछ । यो भारतको अहिलेसम्मकै सबैभन्दा महँगो र एडभान्स फिल्म हुनेछ । यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् ।
 
यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । एस.शंकरको निर्देशनमा बनेको फिल्म ‘२.०’ मा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ । 

सम्बन्धित समाचार

फिल्म २.० लाई विश्लेषक र दर्शक दुवैको साथ, पहिलो दिन गर्यो रेकर्ड कलेक्सन

मुम्बई । यस बर्षको सर्वाधिक प्रतिक्षीत बलिवुड फिल्म २.० ले रिलिजको पहिलो दिन रेकर्ड व्यापार गरेको छ। रिलिज अघि नै नै ३७० करोड भारतीय रुपैया कमाई गरेको यस फिल्मले पहिलो दिन

रिलिज अघि बलिवुड फिल्म २.० ले कमायो ३७० करोड  

मुम्बई । यस बर्षको सर्वाधिक प्रतिक्षीत बलिवुड फिल्म २.० ले रिलिज अघि नै ३७० करोड भारतीय रुपैया कमाई गरेको छ। ५ सय करोडको लागतमा बनेको यो फिल्मलाई यस बर्षको सर्वाधिक

सुपर एक्सनसहित अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक 

काठमाडौँ। अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी र तमिल भाषामा ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ठूलो बजेट र भिएफएक्सका कारण

रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म ‘२.०’ मा ऐश्वर्या राय पनि !

मुम्बई। रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ को टिजर रिलिज भइसकेको छ । टिजर भिडियोलाई मिलेको सानदार रेस्पोन्सपछि अब केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।


z