• २०८१ बैशाख ७ शुक्रबार

रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म ‘२.०’ मा ऐश्वर्या राय पनि !

kharibot

मुम्बई। रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ को टिजर रिलिज भइसकेको छ । टिजर भिडियोलाई मिलेको सानदार रेस्पोन्सपछि अब केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । २९ नोभेम्बरमा फिल्म रिलिज हुँदैछ । 

भारतीय मिडियाका अनुसार, यो फिल्ममा बलिउड अभिनेत्री ऐश्वर्या राय अतिथी भूमिकामा देखिन सक्ने उल्लेख गरेका छन् । खबरअनुसार, उनको फिल्ममा चिट्टी अर्थात् रजनीकान्तसँग एक इमोसनल सिन हुनेछ । 

उक्त फिल्मको प्रिक्वेल 'रोबोट' मा फिमेल लिड रोल प्ले गरिसकेकी ऐश्वर्याको एक इमोसनल सिन ‘२.०’ मा देखाइनेछ । यो सिनमा ऐश्वर्या, चिट्टीसँग विदा माग्दै देखिन सक्नेछिन् ।

करीब ५ सय करोडको बजेटमा निर्माण भएको फिल्मको मार्केटिङ र प्रमोशनमा मात्र डेढ सय करोड खर्च गरिँदैछ । यो भारतको अहिलेसम्मकै सबैभन्दा महँगो र एडभान्स फिल्म हुनेछ । यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् ।
 
यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । एस.शंकरको निर्देशनमा बनेको फिल्म ‘२.०’ मा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै