• २०८१ बैशाख १३ बिहीबार

फोटोग्राफरसँगको प्रेममा श्रद्धा कपुर !

kharibot

मुम्बई।  बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइन नेह्वालको जीवनीमा आधारित फिल्ममा वेस्ट रहेकी छन्।  हालै रिलिज भएको फिल्म स्त्री सुपरहिट भए पछि अहिले श्रद्धा अहिले निकै चर्चामा रहेकी छन्। 

यसैबीच केहि समय अगाडी अभिनेता फरहान अख्तरसँग अफयेर्समा रहेकी श्रद्धा अहिले भने एक फोटो ग्राफरसँग अफ्येर्समा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फरहानको उनकी पत्नीसँग डिभोर्स हुनुमा श्रद्धालाई जिम्मेवार ठानिएको थियो।

तर अहिले भने बलिवुडका प्रोफेशनल फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको अफयेर्स रहेको चर्चा बलिवुडमा चलेको छ। हुन त बलिवुडमा हिरो हिरोइन कसैसँग सँगै भए भने अफयेर्स चल्यो भन्नु सामान्य मानिन्छ।  मिडियामा पनि यस्ता खबर हरेक दिन आइनै रहेका हुन्छन। तर अहिले श्रद्धा आफ्ना बचपन कै साथी रोहनसँग धेरै जसो साथ देखिने गरेको छ।

रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन्। रोहन र श्रद्धाले स्कुल र कलेज सँगै पढेका थिए। रोहन बलिवुडमा अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै