• २०८१ बैशाख १४ शुक्रबार

बलिवुडका शो म्यान राज कपुरकी पत्नी कृष्णाको निधन 

kharibot

मुम्बई।  बलिवुडका शो म्यान राज कपुरकी पत्नी कृष्णा राज कपुरको निधन भएको छ। ८७ बर्षिय कृष्णाको सोमबार बिहान मुम्बईस्थित अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

पछिल्लो समय स्वास्थ्य राम्रो नभएकी कृष्णालाई अस्पतालमा रहेर उपचार गराइरहेकी थिइन्। उनको हृदयघातबाट विहान ४ बजे निधन भएको बताइएको छ। 

कृष्णाले सन् १९४६ मा अभिनेता राज कपुरसँग विवाह गरेकी थिइन्। कृष्णाका तीन छोरा ऋषि कपुर, रणधीर कपुर र राजीव कपुर र दुई छोरी ऋतु नन्दा र रिमा कपुर रहेका छन्। उनका रणवीर कपुर, करीना कपुर र करिश्मा कपुर नाती नातिनाहरु हुन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै