• २०८१ बैशाख १३ बिहीबार

फिल्म गुनगुनको पोष्टर सार्वजनिक, कार्तिक ३० मा रिलिज हुदै  

kharibot

काठमाडौँ। कार्तिक ३० मा रिलिज हुने गुनगुनको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ । 

पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रचारप्रसारलाई अगाडी बढाएको छ । यसमा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ । 

फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।

निर्देशक पुकार भट्टराईले कलाकारिता मार्फत संगालेको अनुभवलाई यसमा निर्माता र निर्देशकको रूपमा प्रयोग गरेको बताए । उनले केहि सर्ट फिल्म र भाषाभाषीको फिल्म त निर्माण गरिसकेको बताउदै फिचर फिल्म निर्देशन भने यो पहिलो भएको बताए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै