• २०८१ बैशाख १३ बिहीबार

समाजसेवी गुरुङको हातबाट किड्स आइकनका विजेतालाई पुरस्कार 

kharibot

काठमाडौँ । मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ का विजेताहरुले समाजसेवी जगत बहादुर  गुरूङको हातबाट पुरस्कार पाएका छन् । गुरुंगको प्रमुख आतिथ्य  तथा प्रमिला तामाङको सभापतित्वमा भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । 
कार्यक्रममा रिदम घिसिङ र अक्सा तामाङ  संयुक्त रुपमा विजेता भए । प्रतियोगितामा दुईवटा उमेर समूह रहेको थियो । जसमा ८ देखि १२ सम्म ग्रुप ‘ए’ र १२ देखि १४ उमेरका ‘बी’ ग्रुप छुट्याइएको थियो ।

अक्सा ग्रुप ‘ए’बाट विजयी भएकी हुन् भने रिदम ग्रुप ‘बी’बाट विजयी भएकी हुन् । सनसाइन प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा ग्रुप ‘ए’बाट दोस्रोमा आकृति भित्रकोटी र ग्रुप ‘बी’बाट पलिस्था प्रजापति विजयी भएकी छिन् । तेस्रो स्थानमा ग्रुप ‘ए’बाट खुसी शाही र ग्रुप ‘बी’बाट एजेन गुरुङ विजयी भएका छन् । प्रतियोगितामा सहभागीलाई विभिन्न शीर्षकमा उपाधि दिइएको थियो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि हिमालयन कलेजका प्रिन्सिपल रामहरी सिलवालले प्रमाणपत्र दिएका थिए । प्रथम हुनेलाई नगद १५ हजार,ट्रफी, प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार, ट्रफीसहित प्रमाणपत्र, तृतीय हुनेलाई नगद ७ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र दिइएका थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, विशिष्ट अतिथी सिलवाल लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमका आयोजक नारायण लामा रहेका थिए भने पुरुषोतम मल्लिक प्रमुख निर्णायकको रुपमा रहेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै