• २०८१ बैशाख १३ बिहीबार

सेयरबजारमा १८ अंकको पहिरो, उत्पादनबाहेकका समूहको कारोबार ऋणात्मक 

kharibot

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।

आज नेप्से १८ दशमलव चार अंकले घटेर १२ सय ३८ दशमलव ६७ विन्दुमा झर्दा सेन्सिटिभ चार दशमलव २९ अंकले घटेर दुई सय ६२ दशमलव ८० विन्दुमा झरेको छ ।

एक सय ६५ कम्पनीहरुको पाँच हजार सात सय ९७ वटा कारोबारमा १७ लाख ६१ हजार आठ सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ५३ करोड ९६ लाख तीन हजार नौ सय ३५ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार हुंदा नौ वटा समूहको सूचक घटेर उत्पादनमूलक समूहको सुचक बढ्दा टे«डिङ समूहको सुचक स्थिर भएको छ । बाँणिज्य बैंक समूहको सुचक १९ दशमलव ८५ अंंकले बढेर एक हजार ८९ दशमलव ९१ विन्दुमा झर्दा ३४ करोड ५३ लाख ३१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि २९ दशमलव ७३ अंकले घटेर १४ सय ९२ दशमलव २४ विन्दुमा झर्दा दुई करोड ६४ लाख १४ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जीवन बीमा समूहको सुचक पनि ७१ दशमलव ७३ अंकले घटेर पाँच हजार आठ सय चार दशमलव २७ विन्दुमा झर्दा दुई करोड ३१ लाख ७० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युत, लघुवित्त, जीवन बीमा, होटल, फाईनान्स र अन्य समूहको सुचकमा पनि गिरावट आएको छ ।

कमाउने कम्पनीको सूचीमा आज अग्रस्थानमा परेको नाडेप लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९६ पैसाले बढेर नौ सय २७ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको भार्गव विकास बैंकको सेयर मूल्य नौ रुपैयाँ चार पैसाले घटेर एक सय ७१ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन रुपैयाँ १३ पैसामा सात करोड ८९ लाख ९८ हजार १५ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै