• २०८१ बैशाख ६ बिहीबार

शिक्षामा पुर्याएको योगदानबापत कार्कीको सम्मान गर्दै फेसबुक

kharibot

काठमाडौँ । फेसबुक कम्युनिटी लिडरसिप प्रोग्राम २०१८ अन्तर्गत फेसबुकले संखुवासभा जिल्लाका सूर्य कार्कीलाई सामुदायिक शिक्षामा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गर्ने भएको छ ।

कार्की हाल युनाइटेड वर्ल्ड स्कुल्स नेपालका संस्थापक, क्षेत्रीय निर्देशक र दियालो फाउण्डेसनका संस्थापकको माध्यमबाट सामाजिक कार्यमा सक्रिय छन् । देशको शिक्षा क्षेत्रमा नयाँ आयाम स्थापित गर्न लागिपरेका कार्की विश्वभरका ४६ मुलुकका ६ हजार आवेदनकर्ताबाट १ सय १५ भित्र यस सम्मानका लागि छानिएका हुन् ।

दक्षिण एसियाबाट कार्की यस सम्मानका लागि छानिने एक्ला नेपाली युवा हुन् । यसको घोषणा यही सेप्टेम्बर २३ मा भएको थियो । सम्मान कार्यक्रम यही अक्टोबर ८ देखि १२ सम्म क्यार्लिफोर्नियाको फेसबुकको प्रधान कार्यालयमा हुदै छ । उनी योभन्दा अगाडि सन् २०१७ मा फोर्ब्सको ३० वर्ष मुनिका ३० उदीयमान युवा व्यवसायीको सूचीमा पर्न सफल भएका थिए । 

कार्कीले नेपालको विकट हिमाली जिल्ला संखुवासभामा जन्मिएर आफ्नो औपचारिक शिक्षा बुढानीलकण्ठमा आर्जन गरेका हुन् । अर्थशास्त्र र व्यवसायमा चीनको चिङवा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका सूर्य देशको अर्थतन्त्र तथा विकासमा पछिल्लो समय सक्रिय छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै