• २०८१ बैशाख ८ शनिबार

१८ घातक रोगविरुद्ध सन नेपाल लाइफले आर्थिक सुरक्षा दिने 

kharibot

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ ।

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्यून बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो ।

यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने कम्पनीले जानकारी दिएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै