• २०८१ बैशाख १२ बुधबार

युएइविरुद्ध रोहित पौडेलको अर्धशतक 

kharibot

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू१९ युथ एशिया कपको अन्तिम खेल खेलिरहेको नेपालले युएइले दिएको २६९ रनको लक्ष्य पछ्याईरहेको छ ।

२६९ रन पछ्याउने क्रममा नेपालका ब्याट्सम्यान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ६१ बल खेल्दै ५० रन पुरा गरेका हुन्। रोहितले सन्दीप जोरासँग ४९ रन र पवन सराफसँग ४५ रनको साझेदारी गरेका छन्।

यो समाचार बनाउँदासम्म नेपालले अहिले ४२ ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको छ। अब जीका लागि नेपाललाई ६४ रन बनाउन आवश्यक रहेको छ।   

यसअघि सन्दीप जोराले ६७ रन बनाएर आउट भएका थिए। सन्दीपले आसिफ सेखले ५९ रनको तथा रोहित पौडेलसँग ४९ रनको साझेदारी गरेका थिए। 

अहिले रोहित र अरुण ऐरी खेलिरहेका छन् । भने यस अघि कप्तान आसिफ सेखले ३५, रीत गौतमले १८ तथा ट्रीत राज दास ६ रन बनाएर आउट भएका छन्।    

लाइभ स्कोर यँहा हेनुहोस् 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै