• २०८१ बैशाख १३ बिहीबार

फास्ट ट्रयाकको डीपीआर दक्षिण कोरियाको सुसङले बनाउने, लागत १० करोड  

kharibot

काठमाडौँ। नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ—तराई र मधेश द्रुर्तमार्ग फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने जिम्मा दक्षिण कोरियाको सुसङ ईन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको छ । 

काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्ग का आयोजना प्रमुख उपरथी योगेन्द्र बहादुर खाँण र सुसङ ईन्जिनियरिङ कम्पनी, दक्षिण कोरियाका अध्यक्ष कीहयून हवाङ्गबीच डीपीआर बनाउने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ। 

नेपाली सेनाका अनुसार सुसङ ईन्जिनियरिङ कम्पनीले भ्याटसहित १० करोड १२ लाख ७८ हजार नौ सय तेईस रुपैयाँको लागतमा सो डीपीआर बनाउने भएको छ। आगामी कार्तिक ०४ गतेबाट डिपीआर निर्माण सुचारु गरी १०५ दिनको अवधिमा तयार गरि सक्ने गरि सम्झौता भएको नेपाली सेनाले जानकारी दिएको छ। 

सम्झाता हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका अधिकृत र सुसङ ईन्जिनियरिङ कम्पनीदक्षिण कोरियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै