• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसको जितमा डिबालाको ह्याट्रिक 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ।  गएराती भएको खेलमा युभेन्टसले स्विस क्लब योङ्ग ब्वायेजलाई ३-० गोल अन्तरले पराजित गरेका हुन्। 

युभेन्टसको जितमा अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले ह्याट्रिक गरेका थिए।  खेलको पहिलो हाफमा २ गोल गरेका डिबालाले खेलको दोस्रो हाफमा एक गोल गरेका थिए। युभेन्टसका लागि च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने डिबाला चौथो खेलाडी बनेका छन्। 

यस खेलमा योङ्ग ब्वायेजका खेलाडी खेलको अन्तिम मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए।  

भलेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएपछि क्रिस्टियानो रोनाल्डो भने यस खेलमा अनुपस्थित रहेका थिए। रोनाल्डो अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेलमा म्यानचेस्टर युनाइटेडसँग रोनाल्डो खेल्ने भएका छन्। 

युभेन्टसले अब अर्को खेल सिरी ए अन्तर्गत उडिनेजसँग खेल्ने छ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै