• २०८१ बैशाख ८ शनिबार

तेह्रथुम पावरको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त 

kharibot

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले जारी पुँजीमध्ये १० प्रतिशत अर्थात ४,००,००० कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात ८,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लि. को तर्फबाट प्रबन्ध संचालक श्री मोहनकुमार डाँगी र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रवन्धक श्री मेख बहादुर थापाले हस्ताक्षर गर्नुभयो । हाल उक्त कम्पनीको अधिकृत पुँजी रु.४० करोड, जारी पुँजी रु.४० करोड र चुक्ता पुँजी रु.२८ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पुँजी रु.४० करोड हुनेछ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका साविक मोराहाड्ड, श्रीजुड्ड, पौठाक र ओयाक्जुड्ड गाविसहरु हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूड्डा खोला साना जलबिद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । हालसम्मको समग्र कार्य प्रगति हेर्दा ५५∞ काम सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरणस“ग २०७३ कार्तिकमा विद्युत खरिद बिक्री सम्झौता गरिएको आयोजनाको सम्झौता अनुसार २०७६ पौष १ गते व्यापारिक विद्युत उत्पादन गर्नु पर्नेछ तर कम्पनीले आयोजना २०७६ सालको असार १ गते अथवा ६ महिना पहिले विद्युत उत्पादन गर्ने लक्ष्य सहित काम गरिरहेको छ ।

यस आयोजनामा माछापुच्छ«े बैंक लिमिटेडको अगुवाईमा नेपाल बंगलादेश बैंक लिमिटेड र जनता बैंक लिमिटेडको एक अर्ब (४०+३०+३०) लगानी रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै