• २०८१ बैशाख ८ शनिबार

बैंक तथा फाइनान्सलाई राष्ट्र बैंकको निक्षेप अफर

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा निक्षेप लगानीको अफर गरेको छ । राष्ट्र बैंकले आज बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको नाउँमा परिपत्र जारी गर्दै निक्षेप लगानीको लागि आह्वान गरेको हो । 

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको लागि एक अर्ब ११ करोड ३७ लाख, विकास बैंकहरुको लागि २० करोड ८७  लाख र फाइनान्स कम्पनीहरुको लागि छ करोड १६ लाख रुपैयाँबराबरको निक्षेप लगानीको लागि अफर गरिएको हो ।

निक्षेप लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो संस्थाले लगानी गर्न चाहेको निक्षेप र दिन चाहेको ब्याज समेत उल्लेख गरी आगामी शुुक्रबार अपराह्न १ बजेसम्म नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिनुुपर्नेछ । यसरी गरिने निक्षेप लगानीको अवधि भने एक वर्ष अर्थात् २०७५ कात्तिक ४ गतेदेखि २०७६ असोज ३० गतेसम्म रहेको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप लगानी गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुुपर्नेछ । यसबाहेक न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुुनुुपर्नेलगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै