• २०८१ बैशाख ६ बिहीबार

सेयर बजारमा दोहोरो अंकले गिरावट, ९ समूहको गुम्यो

kharibot

काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजार सूचक (नेप्से) आज १० दशमलव ७६ अंकले घटेर १२ सय ३० दशमलव ६० विन्दुमा झर्दा सेन्सिटिभ पनि दुई दशमलव ३९ अंकले घटेर दुई सय ६१ दशमलव छ विन्दुमा झरेको छ ।

एक सय ६५ कम्पनीहरुको चार हजार सात सय ३८ वटा कारोवारमा १४ लाख ३६ हजार पाँच सय १२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड ४० लाख ४९ हजार आठ सय ७५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोवार भएकोमा टे«डिङ र होटल समूहको कारोवार सूचकमा सामान्य अंकले सुधार देखिपनि बाँकी नौ वटा समूहको सूचक उच्च अंकले घटेकाछन । वाणिज्य बैक समूहको सूचक १० दशमलव १२ अंकले घटेर एक हजार ८१ दशमलव ४२ विन्दुमा झरेकोमा २३ करोड ४७ लाख ८३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैक समूहको सूचक पनि ११ दशमलव ५२ अंंकले घटेर १४ सय ८० दशमलव २८ विन्दुमा झरेकोमा दुई करोड १९ लाख ४३ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज निर्जिवन बीमा समूहको सूचक पनि ५१ दशमलव ३८ अंकले घटेर पाँच हजार सात सय ६५ दशमलव चार विन्दुमा झरेकोमा दुई करोड ३१ लाख ७७ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यीबाहेक जलबिद्युत, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समूहको सूचकमा पनि गिरावट आएको छ ।    

आज बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नाडेप लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९१ पैसाले बढेर ११ सय २० रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नेपाल हाईड्रो डेभलपर कम्पनीको सेयर मुल्य पाँच रुपैयाँ ४४ पैसाले घटेर एक सय ३९ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ५० रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ६२ लाख ६७ हजार नौ सय ३६ रुपैयाँको कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै