• २०८१ बैशाख ७ शुक्रबार

नो एक्सिडेन्ट–नो ड्यामेज’ प्रदेश ट्राफिकको अभियान

kharibot

बारा । चाडपर्वलाई लक्षित गर्दै प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराले सुरक्षित यात्राको लागि चालक, यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरीक्षण तथा सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी र अटोमोबाइल्स मेकानिकल्स्हरु सहिँतको संयुक्त टोलीले यो अभियान सञ्चालनमा ल्याएको हो । 

‘नो एक्सिडेन्ट–नो ड्यामेज’ भन्ने नाराका साथ सञ्चालित यस अभियानको मुख्य उद्देश्य सवारी चालक, यात्री, अन्य सडक प्रयोग कर्ताहरुमा पर्याप्त सुरक्षित सडक प्रयोगसम्बन्धी सचेतना फैलाउँनु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक किरण बज्रचार्यले बताए । 

ओभर स्पिड, क्षमताभन्दा बढि सवारी साधन राख्नु, सवारीलाई सहि तरिकाले मर्मत नगर्नु लगायतका कारण सवारी दुर्घटना हुँने गरेको बताउँदै ट्राफिक प्रहरी उपरिक्षक बज्रचार्यले सँधै ट्राफिक प्रहरीले जरीवाना गर्ने काम गर्दै आएको तर यस अभियान अन्तरर्गत सवारी चालक र यात्रीहरुलाई सहि तरिकाले यात्रा गर्ने तरिका जानकारी गराउँने काम प्रहरीले गरेको बताए । 

उनले यस अभियानलाई प्रदेश नम्बर २ का हरेक जिल्लामा हरेक १५ दिनको फरकमा साथै दशैं तिहारमा हुँने गलत गतिबिधि नियन्त्रण गर्ने गरी सञ्चालन गर्ने जानकारी दिए ।
लगभग पाँच सय सवारी चेकजाँचको क्रममा करिब ४० प्रतिशत सवारी साधन सहि अवस्थामा नरेहको अटोमोबाईल्स मेकानिकल्स टोलीका प्रमुख अजित कुमार मिश्रले जानकारी दिए । 

उनले तराईबाट देशको राजधानी लगायत पहाडी भुभागमा सवारी लिएर जाने ५० प्रतिशत सवारी साधनको टायरको अवस्था विग्रेको , बति तथा साईड बति नबल्ने , टायरमा अधिक हावा भएर पडकिने सम्भावना भएको पाईएको बताए । 

सचेतना कार्यक्रममा तराईका विभिन्न स्थानबाट देशको राजधानी सहिँत अन्य स्थानमा रात्रीको समयमा जाने सजारी साधनमा ट्राफिक प्रहरीले देखिएका समस्यालाई तत्काल सुधार गर्न लगाउँने र यात्रीहरुलाई समेत यात्रा गर्ने क्रममा ध्यान दिनु पर्ने कुरा जानकारी गराएका थिए । साथै एक हप्ता भित्र आरक्षित सिटको व्यवस्था मिलाउँने र देखिएको समस्या समाधान गर्ने प्रतिबद्वता समेत चालकसँग गराईएको थियो । 

यता ट्राफिक प्रहरीले सञ्चालन गरेको यो अभियान सकारात्मक रहेको यात्री तथा चालकहरुले बताएका छन् । यात्रा गर्ने क्रममा यात्रुले अपनाउँनु पर्ने सचेतनाको बारेमा धेरैलाई जानकारी नभएकोले यस्तो कार्यक्रमले यात्रा गर्ने क्रममा कसरी सावधानि अपनाउँने भन्ने बारेमा जानकारी भएको बारा पचरौताकी बबीता सिहंले बताईन् । यसैगरी यस अभियानले चालकहरुलाई पनि सहज भएको चालक सफल पराजुलीले बताए । 

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अटोमोवाईल ईन्जीनियरीङ्गका १६ जना प्राबिधक सहिँत ७० जना ट्राफिक प्रहरीहरुले मंगलवार साँझ ६ बजे देखि बुधवार बिहान ६ बजे सम्म सवारी चेकजाँच गरेका थिए । 

सचेतना मुलक अभियानको क्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराले अनुरोधसहितको पर्चा पम्पलेट समेत वितरण गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै