• २०८१ बैशाख १२ बुधबार

बलात्कारको आरोप अस्वीकार गर्दछु - क्रिस्टियानो रोनाल्डो 

kharibot

काठमाडौँ।  स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले एक मोडललाई बालात्कार गरेको भन्ने प्रकरणमा आफ्नो मुख खोलेका छन्। रोनाल्डोले सामाजिक संजालमा आफ्नो धारणा राख्दै बालात्कारको आरोप सत्य नभएको बताएका छन्। 

रोनाल्डोले भनेका छन्, 'म आधिकारिक रुपमा मलाई लगाइएको बालात्कारको आरोपको इन्कार गर्दछु। बालात्कार अनैतिक अपराध हो र यस बारे म र मेरो विश्वास सधै विरुद्धमा रहेको छ। मलाई विश्वास छ म निर्दोष साबित हुने छु। मेरो खर्चमा आफुलाई लोकप्रिय बनाउन खोज्ने सबैलाई र  त्यस्ता मिडिया रिपोर्टलाई मैले अश्विकार गर्दछु। '    

तत्कालिन मोडल र हाल स्कुल शिक्षक रहेकी काथरिन मायोरगालाई रोनाल्डोले छुट्टीमा अमेरिकाको लस भेगासमा गएका बेला काथरिनलाई बलात्कार गरेको आरोप लागेको छ।  सो घटना सन् २००९९ को जुन १३ मा लस भेगासको पाल्म होटलमा भएको दाबी गरिएको छ। 

रोनाल्डोले यो बयान काथरिनका वकिलले लस भेगासमा मुद्धा दायर गरेको केहि घण्टामा आएको हो। साथै लस भेगास प्रहरीले यस घटनाको सोमबारदेखि छानबिन सुरु गरेको बताइएको छ । 

यस प्रकरणमा सन् २०१० मा काथरिनले यस घटनालाई कहिल्लै बाहिर नल्याउने गरि २ लाख ८७ हजार पाउण्डमा सेटलमेन्ट गरेको मिडिया रिपोर्टमा बताइएको छ। तर अहिलेको नयाँ दाबिले सो सम्झौताको उलंघन भएको बताइएको छ। नयाँ दाबी अनुसार रोनाल्डोले बलात्कार गरेपछि काथरिन डिप्रेसनमा गएको र उनको काम र निजि स्वास्थ्यमा ठुलो असर परेको उल्लेख गरिएको छ।

तर रोनाल्डो पक्षले भने दुवैबीच सेक्स भएपनि आपसी सहमतिमा गरेको रिपोर्ट अदालतमा  गरेको बताइएको छ। रोनाल्डोका वकिलले यो प्रकरण अहिले फेरी उठेपछि पहिलो पटक यो रिपोर्ट प्रकाशित गर्ने जर्मनी मिडिया डेर स्पाइगेलमाथि मुद्धा दायर गर्ने बताएका थिए।            
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै