• २०८१ बैशाख ६ बिहीबार

मेसी प्रेरित बार्सिलोनाको टोटनह्याममाथि सहज जित 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले टोटनह्यामलाई पराजित गरेको छ।  गएराती भएको खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४-२ले पराजित गरेको हो। 

बार्सिलोना जितमा लियोनेल मेसीले २ गोल गरे भने फिलिप कोटीन्हो र इभान रकिटिकले एक एक गोल गरेका थिए। त्यस्तै टोटनह्यामका लागि ह्यारी केन र इरिक लामेलाले एक एक गोल गरेका थिए। 

पछिल्ला केहि खेलमा लय गुमाएको बार्सिलोना टोटनह्यामविरुद्धको खेलमा लयमा फर्किएको हो।  बार्सिलोनालाई लयमा फर्काउन मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलको दोस्रो मिनेटमा नै गोल गरेर कोटीन्होले बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको २८औ मिनेट राकिटिकले गोल गर्दै बार्सिलोनाको अग्रता दोबर पारेका थिए। पहिलो हाफमा बार्सिलोनाले २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा टोटनह्यामक केनले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि त्यसको ४ मिनेट पछि नै मेसीले गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाएका थिए। 

त्यसपछि टोटनह्यामका लामेलाले खेलको ६६औ मिनेटमा गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्याएका थिए। लामेलाले गरेको गोल च्याम्पियन्स लिगको इतिहासको ८०००औ गोल रहेको थियो। त्यसपछि मेसीले खेलको ९०औ मिनेटमा अर्को गोल गरे र बार्सिलोनालाई ४-२ को जित दिलाएका थिए।

यस जित पछि समुह बि मा बार्सिलोनाले दुवै खेल जितेर ६ अंक हासिल गरेको छ भने टोटनह्यामले सुरुका दुवै खेलमा हार बेहोर्दै शुन्य अंक रहेको छ।  

यस खेलमा बार्सिलोनाका जेरार्ड पिकेले च्याम्पियन्स लिगमा आफ्नो सयौ खेल खेल्ने रेकर्ड बनाएका छन्। च्याम्पियन्स लिगमा सयौ खेल खेल्ने पिके दशौ स्पेनिस खेलाडी हुन्।

बार्सिलोनाले अब अर्को खेल ला लिगा अन्तर्गत भलेन्सियासँग शनिबार खेल्ने छ भने टोटनह्यामले प्रिमियर लिग अन्तर्गतको खेल कार्डिफ सिटीसँग शनिबार नै खेल्ने छ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै