सलाहको फ्लप शो जारी, नापोलीसँग लिभरपुल पराजित 

खरीबोट

काठमाडौँ।  च्याम्पियन्स लिगमा गतबर्षको उपविजेता लिभरपुल नापोलीसँग पराजित भएको छ। गएराती भएको खेलमा नापोलीले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो। 

नापोलीको जितमा लोरेञ्जो इन्साइनले खेलको एक मात्र गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा खेलको ९०औ मिनेटमा इन्साइनले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाएका थिए। 

गतबर्षका प्रिमियर लिगका उत्कृष्ठ खेलाडी बनेका मोहमद सलाह यस बर्ष लय गुमाउदा लिभरपुललाई ठुलो धक्का लागिरहेको छ।  सलाहले यस सिजनमा आफ्नो ले भेटाउन सकिरहेका छैनन्। 

यो जित पछि नापोलीको समुह सी मा २ खेलमा ४ अंक भएको छ भने लिभरपुलको २ खेलमा ३ अंक रहेको छ। 

लिभरपुलले अब अर्को खेल प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग खेल्ने छ।
 

सम्बन्धित समाचार

बायर्न म्युनिखका फरवार्ड मुलरलाई च्याम्पियन्स लिगका दुई खेलमा प्रतिबन्ध

काठमाडौँ । बायर्न म्युनिखका फरवार्ड थोमस मुलरलाई च्याम्पियन्स लिगका दुई खेलमा प्रतिबन्ध लागेको छ ।  समुह चरणको अन्तिम खेलमआमा एजाक्सविरुद्ध रातो कार्ड पाएर मैदानबाट बाहिरिएका जर्मनीका फरवार्डलाई युईएफएले दुई खेलका लागि

च्याम्पियन्स लिगको अन्तिम १६ को 'ड्र' सार्वजनिक, को कुन क्लबसँग परे ?

काठमाडौँ। च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । प्रि-क्वाटरफाइनलमा पुग्ने १६ क्लबको ड्र आज सार्वजनिक भएको हो।  च्याम्पियन्स लिगको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र साल्के अन्तिम

च्याम्पियन्स लिगमा प्रि-क्वाटरफाइनलको समीकरण पुरा , को को पुगे ?

काठमाडौँ। च्याम्पियन्स लिगको अन्तिम १६ क्लबको टुंगो लागेको छ। गएराती समुह चरणका अन्तिम खेलहरु सकिएसँगै प्रि-क्वाटरफाइनलमा पुग्ने १६ क्लबको टुंगो लागेको हो। समुह चरणक खेलमा धेरै उलटफेर नभएपनि इटालियन क्लब

च्याम्पियन्स लिगमा घरेलु मैदानमा रियल म्याड्रिडको अहिलेसम्म कै ठुलो हार 

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत समुह जी बाट रियल म्याड्रिड र एएस रोमा अन्तिम १६ मा पुगेका छन्। दुवैले समुह चरणका अन्तिम खेलमा हार बेहोरेपनि उनीहरु अन्तिम १६ मा पुगेका हुन्।  गएराती


z