• २०८१ बैशाख ८ शनिबार

सलाहको फ्लप शो जारी, नापोलीसँग लिभरपुल पराजित 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिगमा गतबर्षको उपविजेता लिभरपुल नापोलीसँग पराजित भएको छ। गएराती भएको खेलमा नापोलीले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो। 

नापोलीको जितमा लोरेञ्जो इन्साइनले खेलको एक मात्र गोल गरेका थिए। पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा खेलको ९०औ मिनेटमा इन्साइनले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाएका थिए। 

गतबर्षका प्रिमियर लिगका उत्कृष्ठ खेलाडी बनेका मोहमद सलाह यस बर्ष लय गुमाउदा लिभरपुललाई ठुलो धक्का लागिरहेको छ।  सलाहले यस सिजनमा आफ्नो ले भेटाउन सकिरहेका छैनन्। 

यो जित पछि नापोलीको समुह सी मा २ खेलमा ४ अंक भएको छ भने लिभरपुलको २ खेलमा ३ अंक रहेको छ। 

लिभरपुलले अब अर्को खेल प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग खेल्ने छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै