• २०८१ बैशाख १३ बिहीबार

एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

kharibot

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । 

बुधबार बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए।  

यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका थिए । बैठकले रेफ्री कमिटीका सदस्य सुरेन्द्र सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्कालाई दुर्व्यवहार गरेको भन्दै एन्फाले सिख्राकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

बैठकले जिल्ला फुटबल सङ्घ र ए डिभिजन क्लबलाई मासिकरुपमा बल उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता राईले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै