पिएसजीको जितमा नेइमारको ह्याट्रिक

खरीबोट

काठमाडौँ।  च्याम्पियन्स लिगमा पिएसजीले सर्बियाको क्लब रेड स्टारविरुद्ध फर्किलो जित हासिल गरेको छ।  गएराती भएको खेलमा पिएसजीले रेड स्टारविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको छ। 

पिएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका थिए भने एडिसन कभानी, एन्जल डि मारिया र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए। यस सिजनको च्याम्पियन्स लिगको पहिलो खेल लिभरपुलसँग ३-२ ले गुमाएको पिएसजीले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा लयमा फर्किएको छ।

नेइमारले च्याम्पियन्स लिगमा एकै खेलमा दुई फ्री-किकबाट गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् भने च्याम्पियन्स लिगमा सन् २००९ मा क्रिस्टियानो रोनाल्डोले जुरीकविरुद्ध एकै खेलमा दुई फ्री-किक गोलपछि नेइमारले यस खेलमा दुई गोल गरेका हुन्। 
 

सम्बन्धित समाचार

रियल म्याड्रिडविरुद्धको प्रदर्शनपछि ब्राजिलको राष्ट्रिय टिममा डेभ्यु गर्दै डेभिड 

काठमाडौँ । दुई साता अघि च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई प्रतियोगिताबाट बाहिर पठाएको नेदरल्याण्डसको क्लब एजाक्सका फरवार्ड डेभिड नेरेसको विशेष चर्चा चलिरहेको छ । ब्राजिलक २२ बर्षिय फरवार्ड डेभिडका लागि

रोनाल्डोलाई २० हजार युरो जरिवाना, प्रतिबन्धबाट बचे 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो युरोपियन फुटबल एसोसियसन (युइएफए) को प्रतिबन्धबाट बचेका छन् ।  च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अनुशासनहिनताको दायरामा आएको भन्दै युइएफएले रोनाल्डोलाई

रोनाल्डोविरुद्ध युइएफएले छानबिन थाल्यो, एक खेलमा प्रतिबन्ध लाग्न सक्ने  

काठमाडौँ । च्याम्पियन्स लिगमा एथलेटिको म्याड्रिडविरुद्धको खेलपछि रोनाल्डोले एथलेटिकोका फ्यानतर्फ संकेत गर्दै गरेको व्यवहार अनुशासनहिनताको दायरामा आएको भन्दै युइएफएले छानबिन गर्ने भएको छ ।  युइएफएले एक विज्ञप्ति जारी गर्दै यस प्रकरणलाई

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, को कुन क्लबसँग परे ?

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका बार्सिलोना, लिभरपुल, युभेन्ट्स, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, पोर्टो र एजाक्सबीच आज ड्र गरिएको हो । आज


z