• २०८१ बैशाख ६ बिहीबार

पिएसजीको जितमा नेइमारको ह्याट्रिक

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिगमा पिएसजीले सर्बियाको क्लब रेड स्टारविरुद्ध फर्किलो जित हासिल गरेको छ।  गएराती भएको खेलमा पिएसजीले रेड स्टारविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको छ। 

पिएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका थिए भने एडिसन कभानी, एन्जल डि मारिया र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए। यस सिजनको च्याम्पियन्स लिगको पहिलो खेल लिभरपुलसँग ३-२ ले गुमाएको पिएसजीले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा लयमा फर्किएको छ।

नेइमारले च्याम्पियन्स लिगमा एकै खेलमा दुई फ्री-किकबाट गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् भने च्याम्पियन्स लिगमा सन् २००९ मा क्रिस्टियानो रोनाल्डोले जुरीकविरुद्ध एकै खेलमा दुई फ्री-किक गोलपछि नेइमारले यस खेलमा दुई गोल गरेका हुन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै