• २०८१ बैशाख ७ शुक्रबार

एथलेटिको म्याड्रिडको जितमा ग्रीजम्यानको २ गोल 

kharibot

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत एथलेटिको म्याड्रिडले बेल्जियमको क्लब ब्रुग्गेलाई पराजित गरेको छ। गएराती भएको खेलमा एथलेटिकोले क्लब ब्रुग्गेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। 

एथलेटिकोको जितमा एन्टोनी ग्रीजम्यानले २ गोल गरे भने एक गोल कोकेले गरेका थिए भने क्लब ब्रुग्गेका लागि एक गोल अरनौट ग्रोएनभेल्डले गरेका थिए। पहिलो खेलमा मोनाकोविरुद्ध जित निकालेको एथलेटिकोले दोस्रो खेलमा ब्रुग्गेलाई पराजित गरेर समुह ए मा दुवै खेलमा जित निकालेर ६ अंक हासिल गर्दै  यस सिजनको च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको छ। त्यस्तै ब्रुग्गेले भने  दुवै खेलमा हार बेहोर्दै शुन्य अंक रहेको छ। 

एथलेटिकोले अब अर्को खेल ला लिगा अन्तर्गत आइतबार रियल बेटिससँग खेल्ने छ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै