• २०८१ बैशाख ८ शनिबार

डेभ्यु टेस्टमा पृथ्वी शाको शतक 

kharibot

काठमाडौँ। भारत र वेस्ट इन्डिजबीच भारतको राजकोटमा आजदेखि सुरु भएको २ खेलको टेस्ट सिरिजको पहिलो खेलमा भरतीय अन्डर टिमका पुर्व कप्तान पृथ्वी शाले टेस्ट क्रिकेटमा डेभ्यु गर्दै शतक हानेका छन्।

पृथ्वी डेभ्यु खेलमा शतक हान्ने १०४औ खेलाडी बनेका छन् भने भारतबाट डेभ्यु टेस्टमा शतक हान्ने १५औ क्रिकेटर बनेका छन्। शतक प्रहार गर्ने क्रममा पृथ्वीले ९९ बलको सामना गर्दै १५ चौका हानेका थिए। टस जितेर पहिला ब्याटिंग गरेको भारतले अहिलेसम्म एक विकेट गुमाएर १७५ रन बनाएको छ।   

पृथ्वीले १८ बर्ष, ३ सय २९ दिनको दिन टेस्ट क्रिकेटमा डेभ्यु गरेका छन्। उनी भारतको लागि टेस्ट खेल्ने शा २९३औं खेलाडी बनेका छन्।

भारतबाट आफ्नो डेभ्यु टेस्टमा रोहित शर्मा, शिखर धवन, वीरन्द्र सहवाग, सुरेश रैना, सौरभ गांगुली, मोहमद अजुरुद्धीनजस्ता खेलाडीले आफ्नो टेस्टको डेभ्यु खेलमै शतक हानेका थिए।

अहिलेसम्म १४ वटा मात्र प्रथम श्रेणी क्रिकेट खेलेका पृथ्वी टेस्ट क्रिकेटमा सचिन तेन्दुलकरपछि भारतको लागि डेब्यु गर्ने दोश्रो सबैभन्दा कम प्रथम श्रेणी अनुभव भएका क्रिकेटर पनि बनेका छन्। सचिनले केबल ९ प्रथम श्रेणी खेल खेल्दै भारतको लागि टेस्टमा डेब्यु गरेका थिए।

 

उनलाई यसअघि इंग्ल्याण्ड टुरमा भारतीय टिममा समाबेस गरिएता पनि अन्तिम ११ मा भने मौका दिईएको थिएन। 

सन् २०१३ को ह्यारिस सिल्ड इलाइट डिभिजन क्रिकेटको एकै इनिंगमा ५४६ रनको पारी खेलेर पृथ्वीले ठुलो क्रिकेटर बन्ने संकेत देखाएका थिए। उनी सन् १९०१ देखि कुनै पनि स्तरको क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत बनेका थिए। उक्त रेकर्ड सन् २०१६ मा प्रनभ धनवाडेले तोड्ने क्रममा १००९ रन बनाएका थिए। 

सचिन तेन्दुलकरलाई आफ्नो आदर्श मान्ने दायाँ हाते ब्याट्सम्यानको शारीरिक उचाई सचिनकै जति ५.५ फिट रहेको छ भने टेस्ट डेभ्यु पछि पृथ्वीलाई सचिनकै स्तरको खेलाडी हुने चर्चा अहिले सामाजिक संजाल देखि मिडिया सबै तिर गरिएको छ। 

भारतलाई चौथो पटक यु-१९ बिश्वकपको उपाधि दिलाउने क्रममा शाले कप्तानी मात्रै हैन ब्याटिंगमा पनि उत्कृस्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा उनले ६ खेलको ५ इनिंगमा २६१ रन बनाएका थिए जुन क्रममा २ वटा अर्धशतक प्रहार गरेका थिए। 

भारतलाई यु-१९ बिश्वकप जिताएपछि उनलाई आईपीएल टिम दिल्ली डेयर डेभिल्सले १.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो।  आइपिएलमा नेपालका सन्दीप लामिछानेसँग दिल्लीबाट सँगै खेलेका पृथ्वीले कोलकातासँग ६२ रन, राजस्थानसँग ४७ तथा हैदराबादसँग ६५ रनको इनिंग खेल्दै प्रभाव छोड्न सफल भएका थिए। 

हालसम्म १४ वटा प्रथम श्रेणी खेल खेलेका उनले २६ इनिंगमा ५६.७२ को औशतले १४१८ रन बनाएका छन् जसमा ७ शतक र ५ अर्धशतक रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै