• २०८१ बैशाख ८ शनिबार

शिवम् सिमेन्टद्वारा ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण

kharibot

काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको ट्याक्सी चालकहरुको लागिपहिलो चरणमा चालक ज्याकेट उपलव्ध गराएको छ ।

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेट अनिवार्य गराएको थियो ।  उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम सिमेन्टले पहिलो चरणमा अन्तर्गत ट्याक्सीलाई विजयादशमीको शुभकामनासहित एभरेष्ट क्याव सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा कालो पुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्फबाट सिनियर ब्राड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेका थिए ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि शिवम् सिमेन्टस् लिमिटेडले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गाँउपालिकामार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, एम्बुलेन्स हस्तान्तरण, वातावरण व्यस्थापन एवम् वृक्षारोपण, सरसफाई जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसी सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्टत था शिवमप्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै