• २०८१ बैशाख १४ शुक्रबार

पटकपटक ओठ फुट्दा क्यान्सर हुने सम्भावना, यसरी गरौं ओठको सुरक्षा 

kharibot

काठमाडौँ । स्वस्थ र सुन्दर बन्न कसलाई रहर हुँदैन र ! मानिसलाई आकर्षक र सुन्दर देखाउने अङ्गमध्ये ओठ पनि एक संवेदनशील अङ्ग हो । 

मौसम परिवर्तनसँगै विभिन्न किसिमका रोग लाग्नाले मानिसलाई विभिन्न रोग लाग्न सक्छ । मौसममा परिवर्तन आएसँगै धेरैको ओठ फुट्ने गर्दछ । यसले मानिसलाई अस्वस्थ त बनाउँछ नै, साथै कुरूप पनि देखाउन सक्छ । 

ओठको छाला पातलो र संवेलनशील हुन्छ । धेरै चिसो र धेरै गर्मीमा, हावापानी फरक परेमा, धुवाँधुलो परेमा र ओठको वरिपरि पटकपटक जिभ्रो लैजानाले ओठ फुट्ने गर्छ ।  

ओठको छाला फुटेर रगत पनि आउन सक्छ । ओठ फुट्नाले पीडा त महसुस हुन्छ नै, साथै बोल्न र काम गर्न पनि त्यत्तिकै गाह्रो हुन्छ । 

विशेषतः चिसो मौसममा ओठको धेरै हेरचाह गर्नुपर्ने हुन्छ ।

पटकपटक ओठ फुटे पनि बेवास्ता गरियो भने ओठको क्यान्सरसमेत हुन सक्छ । त्यसैले ओठको सुरक्षामा धेरै सजग रहनुपर्छ । 

ओठ फुट्नुका कारण

पटकपटक ओठमा हात लगाउनाले ओठ सुक्खा भई चिलाउने समस्या देखिन्छ । 

ओठमा पटकपटक जिभ्रो लगाउनाले ओठको नरमपना हराई ओठ सुक्न सक्छ । 

हाम्रो सास लिने तरिकाबाट पनि ओठ फुट्न सक्छ । मुखबाट सास लिँदा ओठ सुख्खा हुन्छ । 

भिटामिन र मिनरल्सको कमीले ओठ फुट्न सक्छ । 

धेरै मात्रामा लिप लाइनर, लिपस्टिकको प्रयोग गर्दा पनि ओठलाई असर पर्न सक्छ ।  

ओठको सुरक्षाका लागि अपनाउनुपर्ने तरिका 

गर्मीमा सनस्क्रिन क्रिम र जाडोमा कोल्ड क्रिम लगाउनाले यसले छालामा नरमपन ल्याउनुका साथै छालालाई सुरक्षा पनि प्रदान गर्दछ । 

यस्ता लोसन लगाएर बाहिर निस्केमा यसले घाम, हावा, पानी, धुवाँ, धुलोबाट ओठलाई बचाउन मदत गर्दछ । 

हरिया सागपात, दहीदूध खानाले शरीरमा भिटामिन, फ्याट, प्रोटिन र मिनरल्स आदिको कमीलाई पूरा गरी ओठलाई सुरक्षित राख्छ । 

धेरै मात्रामा लिप लाइनर, लिप ग्लास, लिपस्टिक आदि लगाइरहँदा ओठको नरमपना हराउन सकने भएकाले ओठ फुट्नबाट बचाउन यस्ता कस्मेटिक उत्पादनको प्रयोगमा कमी ल्याउनु नै राम्रो हुन्छ । 

त्यस्तै, प्रशस्त मात्रामा पानी पिउनाले ओठ सुख्खा हुनबाट बचाउँछ र ओठलाई रोग लाग्नबाट बचाउँछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै