• २०८१ बैशाख १४ शुक्रबार

ऋषि कपुरलाई क्यान्सर भएको मिडिया रिपोर्टको परिवारद्वारा खण्डन 

kharibot

काठमाडौँ। बलिवुड अभिनेता ऋषि कपुरलाई तेस्रो स्टेजको क्यान्सर भएको मिडिया रिपोर्टप्रति कपुर परिवारले खण्डन गरेको छ।

बुधबार ऋषि कपुरलाई तेस्रो स्टेजको क्यान्सर बह्येको मिडिया रिपोर्ट आएपछि उनका  रणधीर कपुरले मिडियाहरुसँग कुरा गर्दै ऋषि कपुरको टेस्ट हुन् बाँकी नै रहेकाले अहिले नै उनको स्वास्थ्य बारे अड्कल बाजी नगर्न सबैलाई अनुरोध गरेका छन्। 

गत सेप्टेम्बर २९ मा उपचारका लागि आफु पत्नी नितु कपुर र छोरा रणबीर कपुरसँग अमेरिका जान लागेको खबर अभिनेता ऋषि कपुर आफैले दिएका थिए। उनको स्वास्थ्य समस्या बारे अनेकौ अड्कल बाजी भइरहेका बेला भारतीय मिडियाहरुमा बुधबार ऋषि कपुरलाई क्यान्सर भएको खबर सार्वजनिक भएको थियो। पारिवारिक स्रोत भन्दै सार्वजनिक भएको सो मिडिया रिपोर्टमा उनलाई क्यान्सर भएको र अमेरिकामा उपचार सुरु भएको दाबी गरिएको थियो। 

सो रिपोर्टको छोरा रणवीर कपुरले टाइम्स अफ इन्डियासँग कुरा गर्दै खण्डन गरेका छन्। रणवीरले केहि दिन अघि मात्र आफुहरु अमेरिका आएको र अहिले विभिन्न टेस्ट हुने प्रक्रियामा रहेकोले के भएको छ भन्ने बारे एकिन हुन् समय लाग्ने बताए। उनले अहिले बाहिर आएको हल्ला मात्र भएको भन्दै टेस्टको नतिजा पछि आफुहरुले आधिकारिक रुपमा नै मिडियालाई जानकारी दिने बताए।

उपचारको सिलसिलामा अमेरिका रहेका ऋषि कपुर हालै आफ्नी आमाको निधन हुदा अन्तिम संस्कारमा पनि सामेल हुन नआएपछि उनलाई लागेको रोग बारे थप कौतुहलता पैदा भएको थियो।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै