• २०८१ बैशाख ७ शुक्रबार

डीडीसीको दुध बोक्ने गाडीमा रक्सी !

kharibot

बारा । इलाका प्रहरी कार्यालय जीतपुरले दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । जीतपुरका प्रहरी नायब निरीक्षक रामउदयराज शर्माको नेतृत्वमा खटिएको टोलीले बिहीबार बिहान चेकजाँचका क्रममा डीडीसी कम्पनीको दूध बोक्ने गाडीबाट मदिरा बरामद गरेको हो । 

हेटौंडाबाट–वीरगञ्जसम्म नियमित डीडीसीको दूध पु¥याउने ना.३ख ११७८ नम्बरको ट्रकमा अवैध मदिरा ओसारपसार हुने गरेको सुराकी आएपछि प्रहरीले त्यसबारे बिहीबार बिहान चेकजाँच गरेको थियो । 

दूध राख्ने ट्रे (भाँडो)माथि लुकाई हरेक दिन यसरी अवैध घरेलु मदिरा ओसारपसार हुँदै आएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रकबाट करिब दुई सय ९५ लिटर अवैध मदिरा, ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेडौंडा उपमहानगरपालिका वडा न.९ बस्ने वर्ष ५० को राम लामा, सोही स्थान बस्ने ४५ वर्षका प्रेम अधिकारी र पर्सा वीरगञ्ज महानगरपालिका वडा न.२ छपकैया बस्ने १८ वर्षका मुम्ताज अन्सारी रहेका छन् । 

नियन्त्रणमा लिइएको ट्रकसहित चालकलाई थप कारबाहीको लागि आन्तरीक राजस्व कार्यालय सिमरामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठोरले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै