• २०८१ बैशाख ८ शनिबार

वर्ल्ड ट्रेड टावरमा पाकिस्तानी सामानहरु खरिदबिक्री मेला (फोटो फिचर)

kharibot

काठमाडौं । राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड टावरमा पाकिस्तानी सरसामानको मेला सुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइएको छ । 

बुधबारबाट सुरु भएको मेला पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य संघले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरिएको हो । मेलाको नेपालका लागि पाकिस्तानका  राजदूत मजहर जावेद  र  नेपाल पाकिस्तानमैत्री संगठनका अध्यक्ष  हिमालय शम्शेर जबराले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा पाकिस्तानमा निर्माण गरिएका लत्ताकपडादेखि सम्पूर्ण सरसामानहरु पाइने बताइएको छ । भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहे पनि दुई देशबीच व्यापारी सम्बन्धले अझ मजबुत बनाउने विश्वास लिइएको छ । 

१७ गतेबाट सुरु भएको मेला आगामी २३ गतेसम्म चल्नेछ  ।   

तस्बिरमा हेर्नुहोस् मेला - 

तस्बिर : कविता घिमिरे/खरीबोट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै