• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा रोकिएन गिरावट 

kharibot

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्सेको नेप्सेको घट्ने क्रमले निरन्तरता पाएको छ । आज नेप्से तीन दसमलव २३ अंकले घटेर १२ सय २७ दसमलव ३७ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ८२ अंकले घटेर दुुई सय ६० दसमलव २४ बिन्दुुमा झरेको छ ।

एक सय ६५ कम्पनीहरुको पाँच चार सय ४० वटा कारोवारमा १५ लाख ८२ हजार पाँच सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४२ करोड ८६ लाख ४४ हजार छ सय छ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ, फाईनान्स र जीवन बीमा समुहको कारोवार सुचक सामान्य अंकले बढेकाछन भने बाँकी नौ वटा समुहको कारोवार सुचक उच्च बिन्दुुले घटेकाछन । बाँणिज्य बैैक समुहको सुचक दुुई दसमलव ८६ अंकले घटेर एक हजार ७८ दसमलव ५६ बिन्दुुमा झर्दा २४ करोड ६९ लाख ४९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समुहको सुचक पनि चार दसमलव आठ ंअंकले घटेर १४ सय ७६ दसमलव २० बिन्दुुमा झर्दा एक करोड ६५ लाख ७४ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युत समुहको सुचक पनि एक दसमलव नौं अंकले घटेर १३ सय ८२ दसमलव ९९ बिन्दुुमा झर्दा दुई करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक आज निर्जिवन बीमा, लघुबित्त, होटल, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचकमा पनि उच्च बिन्दुुले गिरावट आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नाडेप लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १२ सय ३२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ  रुपैयाँ ३४ पैसाले घटेर एक सय ६५ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ५० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १९ लाख १३ हजार सात सय ११ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै