• २०८१ बैशाख ६ बिहीबार

मोडल बालात्कार प्रकरणको छनबिन सुरु, रोनाल्डोलाई जवाफ दिन २० दिनको समय 

kharibot

काठमाडौँ।  स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको मोडल बालात्कार कानुनी दाउपेचमा परेको छ। लस भेगास प्रहरीले सो प्रकरणको छानबिन अगाडी बढाउदै रोनाल्डोलाई जवाफ दिन २० दिनको समय दिएको अन्तर्राष्ट्रिय मिडियाहरुले बताएका छन्।  

दश बर्ष अघि मोडल काथरिन मायोरगालाई बलात्कार गरेको आरोप लागेका रोनाल्डोले अब २० दिनभित्र यस प्रकरणमा जवाफ दिनुपर्ने भएपछि अब उनीमाथिको छानबिन अगाडी बढेको हो। लस भेगास प्रहरीले यस प्रकरणमा छानबिन फेरी सुरु गरेको जानकारी दिदै रोनाल्डोलाई २० दिनको नोटिस पठाएको जानकारी दिएको छ। 

यसै बीच युभेन्ट्सले रोनाल्डोको समर्थन गर्दै १० बर्षअघिको यस घटनामा क्लब रोनाल्डोको साथमा रहेको प्रष्ट पारेको छ। 

त्यसैगरि रोनाल्डोसँग करिब एक बिलियन डलरको सम्झौता गरेको नाइकले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोमाथि लगाइएको आरोपलाई नजिकबाट हेरिरहेको बताएको छ। 

साथै रोनाल्डो बालात्कारको आरोपमा फसेपछि राष्ट्रिय टिम पोर्चुगलका लागि आगामी दुई खेलमा नखेल्ने भएका छन्। युइएफए नेशनल लिगअन्तर्गत पोल्याण्ड र स्कटल्याण्डसँगको खेलका लागि रोनाल्डोलाई समावेश गरिएको छैन। 
  
यसअघि गत बुघबार रोनाल्डोले यस प्रकरणमा आआफ्नो प्रष्ट धारणा राख्दै बालात्कारको आरोप सत्य नभएको बताएका थिए । 

रोनाल्डोले'म आधिकारिक रुपमा मलाई लगाइएको बालात्कारको आरोपको इन्कार गर्दछु। बालात्कार अनैतिक अपराध हो र यस बारे म र मेरो विश्वास सधै विरुद्धमा रहेको छ। मलाई विश्वास छ म निर्दोष साबित हुने छु। मेरो खर्चमा आफुलाई लोकप्रिय बनाउन खोज्ने सबैलाई र  त्यस्ता मिडिया रिपोर्टलाई मैले अश्विकार गर्दछु। ' भनेका थिए।     

के हो मोडल बालात्कार प्रकरण : 

तत्कालिन मोडल र हाल स्कुल शिक्षक रहेकी काथरिन मायोरगालाई रोनाल्डोले छुट्टीमा अमेरिकाको लस भेगासमा गएका बेला काथरिनलाई बलात्कार गरेको आरोप लागेको छ।  सो घटना सन् २००९९ को जुन १३ मा लस भेगासको पाल्म होटलमा भएको दाबी गरिएको छ। 
रोनाल्डोले यो बयान काथरिनका वकिलले लस भेगासमा मुद्धा दायर गरेको केहि घण्टामा आएको हो। साथै लस भेगास प्रहरीले यस घटनाको सोमबारदेखि छानबिन सुरु गरेको बताइएको छ । 

यस प्रकरणमा सन् २०१० मा काथरिनले यस घटनालाई कहिल्लै बाहिर नल्याउने गरि २ लाख ८७ हजार पाउण्डमा सेटलमेन्ट गरेको मिडिया रिपोर्टमा बताइएको छ। तर अहिलेको नयाँ दाबिले सो सम्झौताको उलंघन भएको बताइएको छ। नयाँ दाबी अनुसार रोनाल्डोले बलात्कार गरेपछि काथरिन डिप्रेसनमा गएको र उनको काम र निजि स्वास्थ्यमा ठुलो असर परेको उल्लेख गरिएको छ।

तर रोनाल्डो पक्षले भने दुवैबीच सेक्स भएपनि आपसी सहमतिमा गरेको रिपोर्ट अदालतमा  गरेको बताइएको छ। रोनाल्डोका वकिलले यो प्रकरण अहिले फेरी उठेपछि पहिलो पटक यो रिपोर्ट प्रकाशित गर्ने जर्मनी मिडिया डेर स्पाइगेलमाथि मुद्धा दायर गर्ने बताएका थिए।            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै